प्रदेश १ मा थपिए आठ मन्त्री 

प्रदेश १ मा थपिए आठ मन्त्री 

इटहरी : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद्मा आठ सदस्य थप गरेका छन्। मुख्यमन्त्री राईले कांग्रेसबाट ३, एकीकृत समाजवादीबाट तीन र नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री नियुक्त गरेका हुन्। 

मन्त्री नियुक्त भएकाहरूमा माओवादी केन्द्रबाट रामकुमार राई, झलक बहादुर मगर, एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु  र उपेन्द्र घिमिरे छन्। यस्तै कांग्रेसबाट प्रतापप्रकाश  हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापा मन्त्रीमा नियुक्त भएका छन्। 

उनीहरू अहिले शपथग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। ११ बजेलाई शपथ भनिए पनि केही पछि सरेको मन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सांसद राजन राईले जानकारी दिए। 

५ दलीय भागबन्डा मिलाउन ७  मन्त्रालय विभाजन गरी मन्त्रालयको सङ्ख्या १३ पुर्याइएको छ।

२३ माघ, २०७८, ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।