सुदूरपश्चिमका ८ जिल्लामा एमाले अधिवेशन सुरु, यी हुन् आकांक्षी

सुदूरपश्चिमका ८ जिल्लामा एमाले अधिवेशन सुरु, यी हुन् आकांक्षी

बझाङमा भने केही समयपछि अधिवेशन हुने एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। 

कहाँ को छन आकांक्षी?
कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला सचिवालय सदस्य डेजी पाण्डे अध्यक्षका आकांक्षी हुन्।

कञ्चनपुरमा पनि अध्यक्षमा ३ जना आकांक्षी देखिएका छन्। वर्तमान अध्यक्ष वीरबहादुर थापा, सचिव सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द अध्यक्षका आकांक्षी हुन्। 

डडेलधुरामा भने अध्यक्षका लागि ४ जनाले ईच्छा देखाएका छन्। वर्तमान अध्यक्ष प्रकाश साउद, अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा, प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही अध्यक्षका आकांक्षी हुन्।

यस्तै बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दबीच प्रतिस्पर्धा हुँदैछ। दार्चुलामा वर्तमान अध्यक्ष रामदत्त जोशी पुनः अध्यक्षमा दोहोरिन चाहन्छन्। नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका आकांक्षी हुन्। 

उता बाजुरामा भरत थापा,लालबहादुर ओली र कालीबहादुर शाही अध्यक्षका आकांक्षी हुन्। शाही वर्तमान अध्यक्ष हुन् भने थापा र ओली पदाधिकारीमा छैनन्। 

अछाममा पनि प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्षको दौडमा छन्। अधिवेशनबाट सकेसम्म सहमतिमै नेतृत्त्व बाँडफाँट गरिने एमाले सुदूरपश्चिम प्रदेश सचिव पाठकले बताए।

सहमति जुट्न नसकेको अवस्थामा मात्रै निर्वाचन प्रक्रियामार्फत नेतृत्त्व चयन हुने उनको भनाइ छ।

२३ पुस, २०७८, १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।