इच्छाराज तामाङ समूहविरुद्ध एक सय ३७ जनाको उजुरी, ७० करोड ठगीको दाबी

इच्छाराज तामाङ समूहविरुद्ध एक सय ३७ जनाको उजुरी, ७० करोड ठगीको दाबी

आएका जाहेरी अनुसार ७० करोड ठगीको बिगो देखिने र उजुरीकोक्रम जारी रहेकाले सो रकम बढ्न सक्ने ब्युरोका प्रवक्ता श्याम महतोले उकेरालाई जानकारी दिए।

तीन वर्षदेखि जोगिँदै आएका पूर्वसांसद तामाङ ४६ करोड ठगीको आरोपमा हिरासतमा

ब्युरोले सहकारीको वचतकर्ताकहरुको रकम अनधिकृत रूपमा खर्च गरेर ठगी गरेको आरोपमा तामाङसहित १२ जनालाई सोमबार पक्राउ गरेको थियो। सिभिल सहकारीका बचतकर्ताहरूको रकम ठगी गरेको आरोपमा तामाङसँगै सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतलाई ब्युरोले पक्राउ गरेको थियो।

१९ असोज, २०७८, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।