चार फाइनान्सको सेयर किन्नु जोखिम

चार फाइनान्सको सेयर किन्नु जोखिम

काठमाडौँ : नेपाल धितो पत्र बोर्डका अनुसार चार वटा फाइनान्सको सेयर दोस्रो बजारमा किन्नु उच्च जोखिम छ। सेयर बजारमा चलखेल गराएर मूल्य बढाएको आशङ्कामा छानबिन गर्दा चार वटा फाइनान्सको सेयर मूल्य बढाउन चलखेल भएको देखिएको छ।

बोर्डले सार्वजनिक गरेको सूची अनुसार गोर्खा फाइनान्स लिमिटेड, मल्टीपर्पोज फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र संवृद्धि फाइनान्स लिमिटेडको सेयर मूल्यमा चलखेल भएको देखिएको हो। 

२०७३ साउनमा २ सय २८ प्रतिकित्ता सेयर मूल्य रहेको गोर्खाको सेयर मूल्य बढेर २०७७ वैशाख १३ मा एक सय १३ पुग्यो। २०७८ जेठ ३१ मा यसको मूल्य बढेर एक हजार ३ सय ७९ पुगेको थियो।

२०७३ साउनमा २ सय ७३ प्रतिकित्ता सेयर मूल्य रहेको मल्टिपर्पोजको सेयर मूल्य घटेर २०७७ वैशाख १३ मा एक सय १९ पुगेकोमा २०७८ जेठ ३१ मा यसको मूल्य बढेर ४ सय ५३ पुगेको थियो। २०७३ साउनमा १ सय २६ प्रतिकित्ता सेयर मूल्य रहेको नेपाल फाइनान्सको सेयर मूल्य घटेर  २०७७ वैशाख १ सय १९ पुगेकोमा २०७८ जेठ ३१ मा यसको मूल्य बढेर ५ सय ४ पुगेको थियो।

२०७३ साउनमा प्रतिकित्ता सेयर मूल्य ८९ रहेको सम्बृद्दीको सेयर मूल्य बढेर २०७७ वैशाख ९७ पुगेकोमा २०७८ जेठ ३१ मा यसको मूल्य बढेर ४ सय ५१ पुगेको थियो।

१ असार, २०७८, १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।