मनाङेबारे निवर्तमान मुख्यमन्त्री गुरुङको टिप्पणी : सबै डाँकुहरू वाल्मीकि नहुँदा रहेछन्

मनाङेबारे निवर्तमान मुख्यमन्त्री गुरुङको टिप्पणी : सबै डाँकुहरू वाल्मीकि नहुँदा रहेछन्
मनाङेलाई मन्त्रीको सपथ खुवाउँदै गुरुङ

कास्की : गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले आफूलाई धोका दिएको बताएका छन्। वाल्मीकि नहुँदा रहेछन्

आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले मनाङेलाई आफूले चुनाव जिताएर सांसद बनाएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको दावी गर्दै पछि विपक्षी गठबन्धनमा लागेकोमा चित्त दुखाए।

मनाङेले शनिवार विपक्षी गठबन्धनलाई साथ दिँदा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेको थियो। नयाँ मुख्यमन्त्री चयन भएको दोस्रो दिन गुरुङले चित्त दुखाउँदै भने' सबै डाँकुहरू वाल्मीकि नहुँदा रहेछन्।’

गुरुङले सबै छोडेर सुध्रन्छु र राजनीति र समाजसेवा गर्छु  भनेकाले आफुले सघाएको उनको दावी थियो। 

मनाङे मनाङ (ख) बाट एमालेकै सहयोगमा प्रदेश सांसद भएका थिए। आपराधिक अभियोगमा फरार भएकाले शपथमा छुटेका मनाङेलाई उनकै पहलमा शपथ खुवाउँदा आलोचना भएको थियो। मनाङेलाई गुरुङले नै पहिलो पटक युवा तथा खेलकुद मन्त्री बनाएका थिए।

उनले मनाङेप्रति सङ्केत गर्दै भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो।’

मनाङेमा बाबुरामले देखेको 'वाल्मीकि' अवतार

उनले सीमित स्रोत र बजेटको भरमा लोभ लाग्दा उपलब्धि पाएको दाबी समेत गरे। प्रदेश गौरवका आयोजनाअन्तर्गत कोरला त्रिवेणी सडक, शालिग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेशसभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणको काम सुरु भएको उनले बताए।

कोरोना महामारीका बेलामा पनि सत्ता राजनीतिको दाउपेचमा अल्झिनु न्यायसङ्गत नहुने भन्दै गुरुङले केन्द्रीय राजनीतिको सिकार प्रदेश सरकारमा गरिनु जायज नहुने बताएका थिए।

३० जेठ, २०७८, ००:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।