किशोरी भागरथीको पोस्टमार्टम रिपोर्ट : घाँटी थिचेर हत्या, बलात्कार पनि

किशोरी भागरथीको पोस्टमार्टम रिपोर्ट : घाँटी थिचेर हत्या, बलात्कार पनि

काठमाडौँ : पोस्टमार्टम रिपोर्ट अनुसार बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको बलात्कार भएको पुष्टि भएको छ। सोमबार प्रहरीले पाएको पोस्टमार्टमको विस्तृत रिपोर्टमा उनको मृत्युको कारण घाँटी थिच्नु उल्लेख भएको र उनको बलात्कार समेत गरिएको देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम राज सुवेदीले बताए।

शनिवार उनको शव फेला परेको स्थानको अवस्था र उनको शारिरमा लागेको चोटका आधारमा उनको बलात्कार भएको आशङ्का गरिएको थियो। तर पोस्टमार्टमको विस्तृत रिपोट आएको थिएन। शनिवार भएको पोस्टमार्टमको विस्तृत रिपोर्ट सोमबार आएको हो।

‘पोस्टमार्टममा हत्याको कारण घाँटी थिचेको र बलात्कार पनि भएको देखियो’ डिआइजी सुवेदीले भने।

किशोरी भट्टको हत्यामा राजनीतिक दलको चासो, दबाबमा प्रहरी

२६ माघ, २०७७, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।