अल्लु अर्जुनको 'पुष्पा'ले पहिलो दिन नै कमायो ८३ करोड

अल्लु अर्जुनको 'पुष्पा'ले पहिलो दिन नै कमायो ८३ करोड

एजेन्सीः साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित चलचित्र 'पुष्पा'ले पहिलो दिन नै ८३ करोडको कमाइ गरेको छ। योसँगै कोरोना महामारी यता प्रदर्शनमा आएको भारतीय चलचित्रमध्ये पहिलो दिन नै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र पुष्पा बनेको छ।

पुष्पाको यो पहिलो भाग हो। यसको नाम 'पुष्पा: द राइज' राखिएको छ। चलचित्रमा रश्मिका मण्डना नायिकाको रूपमा छिन्। 

पुष्पालाई हाल दर्शक तथा चलचित्र समीक्षकहरूबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। यसअघि केवल ५० करोडको ओपनिङ कलेक्सन गर्ने अनुमान गरिएकोमा चलचित्रले ८३ करोडको ओपनिङ गरेको हो।

यसअघि रिलिज भएको रोहित सेट्टीको चलचित्र 'सूर्यवंशी'ले अक्षय कुमार, कटरिना कैफसहित अजेय देवगन र रनवीर सिंहको साथ पाएर पनि पहिलो दिन केवल ५० करोडको कमाइ गरेको थियो। 

३ पुस, २०७८, २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।