उपसभापतिमा धनराज गुरुङको अग्रता कायमै 

उपसभापतिमा धनराज गुरुङको अग्रता कायमै 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा संस्थापनइतरका धनराज गुरुङले अग्रता कायम राखेका छन्।

पार्टी कार्यालय ललितपुर सानेपामा जारी मतगणनामा गुरुङले २५८ मत ल्याएर अग्रता कायम राखेका हुन्। 

६ सय मतको गणना सकिँदा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत ल्याएका छन्।

उपसभापतिका अर्का प्रत्याशी डा.चन्द्र भण्डारीले २१५ मत प्राप्त गरेका छन्। 

२९ मंसिर, २०७८, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।