सुदूरपश्चिम उक्लियो छठको रौनक,मोहना नदीमा चहल–पहल 

सुदूरपश्चिम उक्लियो छठको रौनक,मोहना नदीमा चहल–पहल 

लौरो बोकिरहेकी नातिनी मिनाले दिएको पानी टाउकोमा खन्याउँदै,’उनले भनिन्,’यो हाम्रो आस्था हो। सूर्यको दर्शन गरेकी हुँ। यसरी छठ पर्व मनाउँदा मनले चिताएको पुरा हुन्छ। कसैले एक÷दुई पटक मात्र सूर्यलाई नमन गर्छन् भने मैले भने सडकबाट नदी सम्मै दर्शन गर्दै आए।’ 

उनको छोरा बिरामी भएकाले उसको लागी उनले जल प्रणाम गरेकी थिइन्। 

‘निराहार बर्त बसेर छोराको दीर्घायुको कामना गरेकी छु,’उनले भनिन्,‘हामीले पहिलो दिन राती खिर पकाएर खाएका छौँ। आज निराहार बर्त हो,अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छौँ भोलि बिहान उदाउँदो  सूर्यलाई अर्घ्य दिएर मात्रै खाना खान्छौँ।’

दुई दशक देखी मोहना नदी किनारमा छठ पर्व मनाइँदै आएको छ। एक दशक अघिसम्म छठको पूजा गर्नेको सङ्ख्या मुस्किलले एक–डेढ सय हुन्थ्यो । अहिले भने मोहना किनार भरिभराउ हुन थालेको छ। 

‘सुदूरपश्चिममा पनि छठको चहलपहल बढ्न थालेको छ,’छठ पूजा सेवा समाज धनगढीका अध्यक्ष सन्तोष मण्डलले भने,’ पारिवारिक सुख, शान्ति र सन्तान प्राप्तिका लागि मनाइने छठ पर्वको महिमा बढ्दै क्रममा छ।’

‘पर्वको महत्त्व बुझेपछि मधेसी मात्र होइन, पहाडी समुदायले पनि मनाउन थालेका हुन्,’ अध्यक्ष मण्डलले भने, ‘हरेक वर्ष छठमा मोहनामा पूजा गर्न आउनेको सङ्ख्याले छठप्रति पहाडी समुदायको पनि आकर्षण बढेको देखिन्छ ।मधेसी समुदायको सङ्ख्या पनि बढ्दै जानु, मधेसी र पहाडी समुदायबिच विवाह गर्ने क्रम बढ्नुले पनि छठ मनाउनेको सङ्ख्या बढ्दो छ।’

छठ पर्वको रौनक बर्सेनि बढ्दै गएपछि मोहना नदी किनार झकिझकाउ पारिएको छ। यस वर्ष मात्रै छठ पूजा सेवा समाजले मोहना नदी किनारमा उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गर्नका टेन्ट लगाएर स्टल बनाएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ धनगढीको मोहना नदी किनारामा पनि अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ।

२४ कात्तिक, २०७८, १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।