सुदूरपश्चिमका किसानको बिलौना : खाद्यान्न सहयोग नगरे भोकमरीमा पर्छौ 

सुदूरपश्चिमका किसानको बिलौना : खाद्यान्न सहयोग नगरे भोकमरीमा पर्छौ 

‘पानी पर्छ भन्ने जानकारी नै थिएन,दिउँसो मौसम सफा नै थियो, रातिबाट अचानक पानी पर्न थाल्यो,’उनले भनिन्,‘चार दिन लगातार पानी प¥यो। हामीले धान जोगाउन सकेनौँ,मेरो त खेत पनि छैन,अधियाँमा धान खेती लगाएकी थिए,सबै पानीले बिग्रियो अव के खाने के साहुलाई दिने?’

मट्यारीकै दीप्ति रानाको पनि दुई बिघा जमिनको धान बाली पानीमा भिजेर नष्ट भएको छ। धानबाली खेतमै नष्ट भएपछि कसरी छाक टार्ने भन्दै उनको परिवार पनि चिन्तामा छ। ‘खेतको सबै धान भिज्यो,अहिले त कुहिन थालेको छ,अव कसरी गुजारा चलाउने होला,’दीप्तिले भनिन्,‘अव सरकारले खाद्यान्न सहयोग गरे बाच्छौँ नत्र हामी भोकमरीमा पर्छौँ।’

खेतमै उम्रिएको धानको मुठा देखाउँदै रामदुलारी राना भनिन्, ‘हामीलाई सरकारले राहत तथा क्षतिपूर्ति दियो भने सहज हुने थियो।’

मुख्यमन्त्री भट्टले भने,‘स्थानीय प्रदेश र सङ्घीय तिनै तहको सरकारबाट किसानलाई राहत उपलब्ध गराउँछौँ।’

कञ्चनपुरको पुनर्वास नगरपालिका १० की सिता चौधरीको खेतमा बाढी पसेर धान नै बगायो। ‘अरूको खेतको धान त भिज्यो मात्र,’उनले भनिन्,‘मैले त एक बिघा खेतको धान सबै नदीले बगायो।’ 

तीन अर्बको धानवालीमा क्षति 

बेमौसमी वर्षाका कारण सुदूरपश्चिममा तीन अर्ब बढीको क्षति भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ। प्रारम्भिक विवरण अनुसार तीन अर्बको धानबाली क्षति भएको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए। 

उनका अनुसार कैलाली, कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति भएको छ।

‘यो वर्ष मनसुन राम्रो थियो,विगतको तुलनामा १० देखि १५ प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान थियो तर त्यसको ठिक उल्टो भयो,भित्र्याउने बेलामा मौसमले साथ नदिँदा हामीले ठुलो क्षति भोग्नु पर्यो ,’जोशीले भने,‘हामीले क्षतिको विवरण किसानको खेतमै पुगेर सङ्कलन गरिरहेका छौँ।’ ‘किसानलाई राहत र प्रोत्साहन दिन्छौँ’

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई क्षतिको विवरण सङ्कलन गरी उचित राहत र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

‘किसानको अन्न खोसिएको छ,उहाँहरूलाई राहत हामीले दिनुपर्छ,वर्ष भरीको मेहनत खेर जाँदा उहाँहरूमा कृषि पेसाप्रति वितृष्णा फैलिन सक्छ,’मुख्यमन्त्री भट्टले भने,‘स्थानीय प्रदेश र सङ्घीय तिनै तहको सरकारबाट किसानलाई राहत उपलब्ध गराउँछौँ।’

५ कात्तिक, २०७८, १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।