थलारा नपुगी डडेलधुरा फर्किए प्रधानमन्त्री देउवा

थलारा नपुगी डडेलधुरा फर्किए प्रधानमन्त्री देउवा

‘प्रधानमन्त्री सहितको टोली घटनास्थलमै पुग्ने कार्यक्रम थियो,तर मौसमका कारण उहाँ जिल्ला सदरमुकामबाट फर्किनुभयो,’बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने,‘यहाँको क्षतिको अवस्था बुझेर सक्दो चाँडो राहत उपलब्ध गराउने आश्वासन दिएर उहाँ यहाँबाट फर्किनुभयो।’ 

प्रधानमन्त्री देउवा बाढी पहिरोले क्षति पुर्याएको थलारा भने पुगेनन्। 

बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड अवलोकन गरेर प्रधानमन्त्री देउवा डडेलधुरा पुगे। जोगबुढाको अवस्था अवलोकन गरिसकेपछि प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधराचाँदनी र कैलालीको धनगढी पुग्ने कार्यक्रम छ।  

प्रधानमन्त्रीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेता एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

शुक्रवार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण पछि काठमाडौँ फर्किने कार्यक्रम छ। 

वर्षाका कारण हालसम्म सुदूरपश्चिममा ३० जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन्।

४ कात्तिक, २०७८, १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।