अछाममा जन्ती चढेको जिप दुर्घटना, ४ जनाको मृत्यु 

अछाममा जन्ती चढेको जिप दुर्घटना, ४ जनाको मृत्यु 
तस्बिर : रमेश रावल अछाम

पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ जाँदै गरेको से १ च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तुलसी अर्यालले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। 

जिप कच्ची सडक खण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जिप चालक भने फरार छन्। चालकको  खोजी भइरहेको प्रहरीले  जनाएको छ।

२५ असोज, २०७८, ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।