तात्याे बलिउड : एकै दिन १६ चलचित्रकाे प्रदर्शन मिति घाेषणा

तात्याे बलिउड : एकै दिन १६ चलचित्रकाे प्रदर्शन मिति घाेषणा

भारतमा काेराेनाकाे प्रकाेप कम भएसँगै बलिउड पनि तङ्ग्रिन खाेजिरहेकाे छ। यसैबीच भारतकाे महाराष्ट्र प्रान्तमा २२ अक्टाेबरबाट सिनेमा हल खुल्ने भएसँगै बलिउडकर्मी यति बेला चलचित्र प्रदर्शन गर्न तातिएका छन्।

अधिकांश चलचित्र निर्माताहरूले आआफ्ना चलचित्रकाे प्रदर्शन मिति पनि घाेषणा गरिसकेका छन्। आइतबार बलिउडकर्मीहरूले प्रदर्शन मिति ताेक्ने दिवस नै मनाएकाे विभिन्न भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आइतबार मात्रै २० भन्दा बढी बलिउड चलचित्रकाे प्रदर्शन मिति ताेकिएकाे छ। 

तीमध्ये रणवीर सिंह अभिनित ८३, आमिर खान अभिनित लाल सिंह चड्ढा लगायतका चलचित्र रहेका छन्। चलचित्र ८३ आगामी क्रिसमसमा रिलिज हुँदै छ भने लाल सिंह चड्ढा आगामी भ्यालेण्टाइन्स डेमा रिलिज हुने भएकाे छ। 

सन् २०२१ काे अन्तिमतिर शाहिद कपुर अभिनित जर्सी रिलिज हुने भएकाे छ। अक्षय कुमारकाे बच्चन पाण्डे भने आगामी वर्ष मार्चमा रिलिज हुने भएकाे छ। अजेय देवगनकाे मे डे आगामी वर्षकाे अप्रिलमा रिलिज हुने भएकाे छ।

यस्तै आइतबार यशराज फिल्म र साजिद नाडियादवाला प्राेडक्सनले कूल १६ चलचित्रकाे रिलिज मिति घाेषणा गरेकाे थियाे। तीमध्ये ६ वटा अक्षय कुमार अभिनित चलचित्र रहेकाे छ। 

यशराज ब्यानरबाट बन्टी और बब्ली-२ यही १९ नाेभेम्बरमा रिलिज हुने भएकाे छ। यस्तै सत्यमेव जयते-२ पनि २६ नाेभेम्बरमा रिलिज हुँदै छ। यस्तै मिस वर्ल्ड मानुषी छिल्लर र अक्षय कुमार अभिनित पृथ्वीराज २१ जनवरीमा रिलिज हुने भएकाे छ। यस्तै हिराेपन्ती-२ र केजीएफ-२ पनि प्रदर्शन मिति ताेकेर बसेका छन्।

 

११ असोज, २०७८, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।