कुन बैङ्कको प्रतिसेयर आम्दानी कति !

कुन बैङ्कको प्रतिसेयर आम्दानी कति !

दोस्रो बजारमा धितोपत्रको बजार मूल्य मुख्यतया माग तथा आपूर्तिबाट निर्धारण हुन्छ। धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरू बढी भए मूल्य बढ्छ र बिक्री गर्न चाहने लगानीकर्ताहरूको चाप बढी भए मूल्य घट्छ।

धितोपत्रको माग तथा आपूर्तिलाई असर गर्ने कारणहरू भने धेरै हुन्छन्। सम्बन्धित कम्पनीको नाफा नोक्सान, व्यवस्थापन तथा सञ्चालन समूह, कार्य सम्पादन र सञ्चालन नतिजा, लगानीकर्तालाई प्रदान गरिने प्रतिफल, कम्पनीको विकास र विस्तारको सम्भावना जस्ता पक्षहरूले मूल्यमा प्रभाव पार्दछन्।

कम्पनीले व्यवसाय गरिरहेको क्षेत्र, व्यावसायिक वातावरण, मुलुकको समग्र आर्थिक तथा राजनीतिक अवस्था, लगानीकर्ताको मनोबलले पनि मूल्यलाई असर गरिरहेका हुन्छन्।

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर सङ्ख्याले भाग गर्दा प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ। यो सेयरको मूल्य मापन गर्ने एक महत्त्वपूर्ण आधार हो। प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल।

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर सङ्ख्याले भाग गर्दा प्रति सेयर आम्दानी निकाल्न सकिन्छ।

प्रतिसेयर आम्दानीले सेयरवालाहरू तथा कम्पनी भन्दा बाहिरका व्यक्तिहरूका लागि नाफाको महत्त्वपूर्ण माप प्रदान गर्दछ। प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ।

वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  उक्त विवरण अनुसार राष्ट्रिय वाणिज्य बैङ्कको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३२ पैसा रहेको छ। उक्त बैङ्कको गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ४७ रुपैंया ६६ पैसा रहेको थियो। यस्तै नबिल बैङ्कको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा रहेको छ।

सबै भन्दा कम प्रतिसेयर आम्दानी इपिएस सिभिल बैङ्कको छ। उक्त बैङ्कको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४७ पैसा रहेको छ।

कुन बैङ्कको इपिएस कति

 

 

२ भदौ, २०७८, २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।