तेह्रथुम पावर कम्पनीको आइपिओ भदौ ९ देखि

तेह्रथुम पावर कम्पनीको आइपिओ भदौ ९ देखि

काठमाडौंः तेह्रथुम पावर कम्पनी लिमिटेडले यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ। उक्त कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो।

उक्त कम्पनीको प्रतिसेयर मूल्य १०० पर्ने गरी ८ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीकले निष्काशन गरेको सेयरमध्ये सर्वसाधारणले ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने कुल सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याएको छ।

सेयरमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिने छ।

१ भदौ, २०७८, १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।