अफगानिस्थानमा रहेका नेपाली फर्काउन सरकारको पहल

अफगानिस्थानमा रहेका नेपाली फर्काउन सरकारको पहल

काठमाडौ :अफगानिस्तानमा विकशित पछिल्लो घटनाक्रमका कारण अलपत्र परेका नेपालीको उद्वारका लागि सरकारले प्रकृया अघि बढाएको छ।

रोजगारीका क्रममा अफगानिस्तानमा रहेका नेपालीको अवस्था र संख्या एकिन गर्नका लागि परराष्ट्र मन्त्रालयले प्रकृया अघि बढाएको जनाएको छ। 

सरकारले कार्यदल बनाएर अफगानिस्तानमा रहेका नेपालीको उद्वारका लागि तथ्यांक संकलन गर्न थालेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np  मा अनलाइन रजिष्ट्रेसन पोर्टलको व्यवस्था गरेको जनाएको छ।

पोर्टलमा अफगानिस्तानमा रहेका व्यक्तिको जानकारी तत्काल भरेर दर्ता गर्न परिवारका सदस्य र सम्बन्धीत सबैलाई मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले भाइबर, ह्वाट्स एप र फोनबाट पनि कन्सुलर विभाग र परराष्ट्र मन्त्रालयमा फोन गरेर अफगानिस्तानमा रहेका नागरिकको बारेमा जानकारी गराउन सकिने जनाएको छ। 

काबुलस्थित विभिन्न मुलुकका कुटनीतिक नियोग तथा अन्र्तराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीलाई तत्काल उद्वार गरि सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले विभिन्न मुलुकलाई पत्राचार मार्फत आग्रह गरेको मन्त्रालयद्वारा जारि विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुलाई त्यहाँ रहेका नेपालीको विवरण तथा उद्वारका लागि भरपर्दो तथ्यांक पठाउन आग्रह गरेको छ।

३२ साउन, २०७८, ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।