लुम्बिनी प्रदेश सभा अधिवेशन : बजेट पास गर्न नसकेपछि मध्यरातमा अन्त्य 

लुम्बिनी प्रदेश सभा अधिवेशन : बजेट पास गर्न नसकेपछि मध्यरातमा अन्त्य 

भैरहवा : लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ। 

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरेका हुन्।  बजेट पारित गर्न बहुमत नपुगेपछि सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभा बैठक बहिष्कार गरेर मध्यरातमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। 

बैठक बहिष्कार गरेर बाहिरिएका सत्तापक्षका सांसद उपस्थित नभएपछि आज शुक्रबार १ बजेका लागि बैठक बोलाइएको थियो। 

अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। 

 

 

१ साउन, २०७८, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।