अस्पतालमा बेड नपाउँदा एक जना कोरोना सङ्क्रमितको मृत्यु

अस्पतालमा बेड नपाउँदा एक जना कोरोना सङ्क्रमितको मृत्यु

श्वास फेर्न गाह्रो भएपछि ती युवक पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भर्ना भएका थिए। आइसियुमा राखेर उपचार गर्नुपर्ने ती युवकलाई आइसियु सेवा उपलब्ध भएको भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरिएको थियो ।

तर, अस्पताल प्रशासनले बेड अभावको कारण देखाउँदै भर्ना गर्न नसकिने बताएपछि पृथ्वी चन्द्र अस्पतालमै सामान्य अक्सिजन दिएर ती युवाको उपचार गरिएको थियो।

ती युवकको उपचार गर्दागर्दै बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए। 

दुई दिनअघि उनका बाबुको कोरोनाकै कारण घरमा मृत्यु भएको थियो। दोस्रो चरणको कोरोना सङ्क्रमण सुरु भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

१० दिनको अवधिमा रामग्राम नगरपालिकाकामा मात्र मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ।

१४ बैशाख, २०७८, ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।