३० तोला सुन लुकाएको केसमा तानिए महाराजगन्जका डिएसपी

३० तोला सुन लुकाएको केसमा तानिए महाराजगन्जका डिएसपी

पुस १० गते महानगरीय  प्रहरी प्रभाग नयाँ बसपार्कले विक्री गर्न लागेको  ३० तोला सुन सहित दीपक कार्कीलाई पक्राउ गतेको थियो। सुन लुटपाटको भएको आशङ्का गरिए पनि डिएसपी खड्काले थप अनुसन्धान नै नगरी कार्कीलाई छाडेको आरोप छ।

उनले सो घटनाबारे माथिल्लो निकायलाई समेत जानकारी नगराएको खुलेपछि महानगरीय प्रहरी परिसर काठमाडौँले छानबिन थालेको हो।

परिसर स्रोतका अनुसार खड्कामाथि छानबिन थाल्दै परिसरले घटनाबारे जानकारी मागेको छ। उनीसँग लिखित प्रस्टीकरण सोध्ने तयारी समेत गरिएको छ।
 

२६ पुस, २०७७, २३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।