मणिपालको लिज जग्गामा प्रदेश सरकारको चासो

मणिपालको लिज जग्गामा प्रदेश सरकारको चासो
मणिपालले गरेको निर्माण, जहाँ रेखदेख गर्ने कर्मचारीमात्र बस्दछन्।

जनकपुरधाम : मेडिकल शिक्षा र स्वास्थ्यको ‘हव’ बनाउन भारतीय प्रतिष्ठित शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युटले ओगटेको जमिनलाई लिएर नयाँ बहस सुरु भएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मणिपालले ओगटेको जग्गामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएपछि मणिपालको लिज जग्गा चर्चामा आएको हो।

मंसिर १५ जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राउतले मणिपालले ओगटेको जग्गा अधिग्रहण गर्ने बताएका थिए ।
जनकपुरधाम उप–महानगरपालिका–१३मुजेलियास्थित गुठी सस्थान जनकपुरसंग मणिपालले १७ विघा जग्गा लिजमा लिएको थियो।
तत्कालिन स्वास्थमन्त्री डा. रामवरण यादवले अस्ततालको २५० शैंयाको अस्पताल शिलान्यास पनि गरेका थिए।

निर्माणका काम सुरु पनि गरियो। अढाइ दशक बतिसक्दासमेत निर्माणाधीन रहेको चिकित्सा शिक्षण अस्पतालले अझै पूर्णता पाएको छैन।मणिपाल शिक्षण अस्पताल पोखराका एचआर प्रमुख भानु भारद्वा भन्छन् ‘ कानूनी प्रकृया अनुसार लिजमा लिएको जग्गा अतिक्रमण गर्ने कुरालाई औचित्यहीन छ।’

आफूहरुको गुठीसंग सम्झौता भएको बताउँदै उनले यसबारे थप प्रतिक्रिया दिन मानेनन्।यता, मुख्यमन्त्री राउत भने सबै सरोकारबालासंग छलफल गरेर चाँडै अधिग्रहण प्रकृया अगाडि बढाउने सार्वजनिक कार्यक्रममा नै अभिव्यक्ति दिइरहेका छन्।

मणिपालले योग्य जग्गा ओगटेको भन्दै यसको सदुपयोग प्रदेश सरकारले गर्ने उनको भनाइ छ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि मणिपालले ओगटेको जमिन उपयुक्त रहेको भन्दै कानूनी प्रकृया अनुसार नै मणिपाल र गुठीसंगको सम्झौता रद्द गरी अगाडि बढ्ने उनले जानकारी दिए।

गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठप्रसाद रेग्मीले मणिपालसंग ४९ वर्षका लागि १७ बिघा जग्गा लिजमा प्रयोग गर्ने भनेर सम्झौता भएको बताए। पहिलो वर्ष ७ लाख र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत रकम बृद्धि हुने गरी सम्झौता भएको उनले जानकारी दिए।

मणिपालले समयमा कुत नतिरेको गुनासो गर्दै गत वर्ष नै पत्राचार गरेको उनको भनाइ छ। रेग्मीका अनुसार मणिपाल समूहले निर्माण कार्यअघि नबढाउँदा गुठी संस्थानले सम्झौता रद्द गर्ने तयारीसमेत गरेको थियो।

गुठी संस्थान जनकपुरले २०७१ वैशाख १९ मा सम्झौता रद्द गर्न पत्र पठाएपनि कार्यान्वयनमा आउँन सकेको छैन्। सम्झौता अनुसार उद्देश्य अनुरुप काम नगरे र समयमा भाडा नबुझाएको खण्डमा सम्झौता रद्द गर्ने प्रावधान रहेको रेग्मी बताउँछन्।

मणिपाल समूहले निर्माण थालेपनि माओवादी सशस्त्र द्वन्द्व लगायतका राजनीतिक अस्थिरतााई कारण मान्नेहरु छन्।त्यसोत आफैले शिलान्यास गरेको भएपनि तत्कालीन स्वास्थ्य मन्त्री डा.रामवरण यादवले निर्माणमा भने सहयोग ननगरेकोआरोप उनीमाथी लाग्ने गरेको छ।
ठूलो अस्पताल निर्माण भएको अवस्थामा आफ्नो व्यवसाय धरापमा पर्नसक्ने भन्दै जनकपुरका केही चिकित्सकहरुले भित्रभित्रै अवरोध सृजना गरेको चर्चा पनि जनकपुरधाममा चल्ने गरेको छ।

 

२१ मंसिर, २०७७, ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।