बलात्कार आरोपीको घरमा स्थानीयले लगाए आगो

बलात्कार आरोपीको घरमा स्थानीयले लगाए आगो

जनकपुरधाम : बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका छन्।

स्थानीय ६ वर्षीया बालिका गुलाब शाह खातुनलाई बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयहले साहको घरमा ढुङ्गमूढा गर्दै आगो लगाएका हुन्।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै स्थानीयले रोकेका छन्। पक्की घर भएकाले खासै क्षति नभएको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिँन ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले स्थिति नियन्त्रणमा लिँन केही थान आँसु ग्यास प्रहार गरेको बताए।

बलात्कार गरी हत्या गरेको अशांकामा प्रहरीले गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहलाई सोमबार बेलुका नियन्त्रणमा लिएको थियो।

आरोपित साह किरान व्यवसायी हुन्। पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाट नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए।

प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए।

सोमबार स्थानीयले साहको पसलको सिसी क्यfमरा हेर्न खोज्दा हेर्न नदिएको बताए। सोमबार साँझ मदिरा सेवन गरेर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए।

उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएका थिए। 

सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईं ती युवकलाई लिएर शव भएको स्थानमा पुगेका थिए।

९ मंसिर, २०७७, १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।