डढेलो निभाउन गएको दमकल नै जलेर नष्ट, चालकले भागेर ज्यान जोगाए

डढेलो निभाउन गएको दमकल नै जलेर नष्ट, चालकले भागेर ज्यान जोगाए

काठमाडौं : रुपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेर पूर्ण रुपमा क्षति भएको छ।

स्थानीय एक सामुदायिक वनमा डढेलो निभाउन गएको तिलोत्तमा नगरपालिकाको दमकल नै डढेलोमा परेर जलेको हो। 

बुधबार दिउँसो तिलोत्तमा ८ स्थित गणेशनगरको जङ्गलमा डढेलो लागेको थियो। त्यसपछि प्राप्त सूचनाका आधारमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। 

डढेलो निभाउने क्रममा हावासँगै एक्कासि आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो। चालकले भने भागेर ज्यान जोगाएका छन्। 

घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

१२ बैशाख, २०८१, २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।