आज चैते दशैं : शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै, गण्डकीमा सार्वजनिक बिदा

आज चैते दशैं : शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै, गण्डकीमा सार्वजनिक बिदा

काठमाडौं : आज चैत शुक्ल अष्टमी अर्थात् चैतेbशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्।

चैते दशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान पनि छ।

वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ।

काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु पुग्ने गरेका छन्।

यस्तै चैते दशैंका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान सार्वजनिक बिदा दिइएकाले उक्त निकायहरू बन्द रहनेछन्।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो।

४ बैशाख, २०८१, ०८:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।