ईद मुवारक (फोटोफिचर)

ईद मुवारक (फोटोफिचर)
तस्बिर : बिजेन अमात्य/नेपाल न्यूज बैंक

काठमाडौं : आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै छन्।

एक महिना लामो रमजान (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद-उल-फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन्।

पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह)मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्छन्।

काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि विहानैदेखि भीड लागेको छ।

आज विहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्।

२९ चैत, २०८०, १०:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।