भैरवनाथको रथ तानेर भक्तपुरमा सुरू भयो बिस्का जात्रा (फोटो कथा)

भैरवनाथको रथ तानेर भक्तपुरमा सुरू भयो बिस्का जात्रा (फोटो कथा)
तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं : भक्तपुरको परम्परागत बिस्का  जात्रा मंगलबारदेखि सुरू भएको छ।

भक्तपुरको पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्रा औपचारिक रुपमा सुरु भएको हो। 

जिल्लाकै उल्लेख्य जात्रा मध्येको बिस्का जात्रा सुरुवातामा उल्लेख्य संख्यामा स्थानीय सांस्कृतिक झाकी र बजागाजासहित सहभागी भएका छन्। 

बर्सेनि नयाँ वर्षको चार दिनअघि चैत २७ गते पाँचतले मन्दिर अगाडिबाट रथ तान्ने चलन छ। प्यागोडा शैलीमा बनाइएको करिब ३० फिट अग्लो तीनतले काठैकाठको भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने गरेको छ।

रथलाई एकातिर ६ र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर दुवैतिर तान्ने गरिन्छ। जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात् देवता (रथ) तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लगिन्छ। त्यसैले उक्त साइटमा ६ र अर्कातर्फ चार वटा मात्रै डोरी राखिने गरिन्छ। 

बिस्का जात्रा नौ दिन आठ रातसम्म चल्ने गर्दछ। 

२७ चैत, २०८०, १९:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।