रास्वपाका सह-महामन्त्री आचार्य पनि सहकारी ठगीमा जोडिए (भिडियो)

रास्वपाका सह-महामन्त्री आचार्य पनि सहकारी ठगीमा जोडिए (भिडियो)

काठमाडौँ : सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने कार्यसूची बनाएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि बुधवार रविले बोल्न पाएनन्। संसद्मा उठेको विषयमा उत्तर दिन लामिछानेले समय मागेपछि घिमिरेले उनका लागि समय छुट्ट्याएका थिए। तर कांग्रेसले यदि सहकारी ठगीबारे छानबिन समिति नबनी बोल्न दिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख ब्याक भएका थिए।

संसद्मा कांग्रेस महामन्त्री तथा कांग्रेस सांसद विश्वप्रकाश शर्माले विभिन्न सहकारीबाट ८० करोड ठगी गरेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। उनले जीवी राई मलेसियामा रहेको र उनी गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको भन्दै सरकारले जानाजान नेपाल नल्याएको दाबी गरे।

उनले प्रतिनिधि सभामा आचार्य थरका राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीको नाममा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख र सुर्यदर्शनबाट एक करोड ऋण प्रवाह भएको देखिएको दाबी समेत गरेका थिए। रास्वपाको सह-महामन्त्री विपिन आचार्य हुन्। उनी पनि रविसँगै ग्यालेक्सी टेलिभिजनमा काम गर्थे।

२१ चैत, २०८०, २२:०५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।