हेमराज_बन्जाडे

भारतमा आफ्नो निर्दोष नागरिक मारिदा वास्तै नगर्ने हाम्रो कस्तो सरकार?

फोन उठाउन भ्याउने बेलामा उनको भिनाजुको हत्या भइसकेको थियो। उनलाई लाग्छ यदि त्यो फोन उठाउन पाएको भए हेमराज–आरुषी हत्याकाण्ड अहिले जति असहज भयो अनी जति कानुनी अल्झ्याइँहरु हेमराज परिवारले झेल्यो त्यति झेल्नु पर्दैनथ्यो की। ‘भिनाजुको....

हिम्मत नआउँदा बुबालाई सम्झन्छन्, हेमराज पुत्र प्रज्वल

विद्युत प्राधिकरणमा करारका जागिरे प्रज्वल बञ्जाडे सन्धीखर्क नजिकै अर्घामा बिजुलीको पोल बिग्रेर बनाउन गएका रहेछन्। औपचारिक कुराकानीपछि हामीसँग धेरै बेर बोल्न सकेनन्। मामाको पसलभन्दा केही पर कच्ची सडकमै आँखाभरि आँसु पारेर उभिइरहे। उत्तरतिरबाट आएको हावाले....

हेमराज पत्नी खुमकलाको पीडा : न भारतबाट न्याय आयो, न आफ्नै सरकारको साथ

घरको गर्जो टार्न भारत छिरेका श्रीमान् हेमराज बन्जाडे काम गर्ने घरमै मारिएपछि यस्तै छ उनको हाल। हेमराज उनै अभागी नेपाली नागरिक हुन् जसले मृत्युपछि पनि न्याय पाउन सकेका छैनन्। आरुषी हत्याकाण्डको रूपमा चर्चित यो घटनाको....



हेमराजकी ८४ वर्षीया आमा कृष्णकलाले रुँदै भनिन्, ‘मेरो बाबु बाँचेको भए मलाई के दुःख हुन्थ्यो र बा !’

दुई सन्तानकी आमा कृष्णकलाको साथमा अहिले छोरी मात्रै छिन्। त्यसैले त त हिजोआज धेरै जसो छोरीकै घरमा बस्छिन् उनी। ‘छोराले साथ छोडी गो,’कृष्णकलाले भनिन् ‘सन्तानको नाउँमा यही एउटी छ त्यही भएर छोरीकै घरमा बसेकी छु।’....

हेमराज हत्याको १३ वर्ष : 'हत्यारा परिवार' को दाग मेटाउने हुटहुटी,न्यायको छटपटी

घरको गर्जो टार्न मजदुरी गर्न भारत छिरेका अर्घाखाँचीका हेमराज बञ्जाडे आरुषीसँगै मारिए। आजकै दिन त हो यो घटना भएको। अहिले बञ्जाडेको परिवार यतै नेपालमा छ। १० वर्षमा बाबु गुमाएका छोरो प्रज्वल २३ वर्षका भए। आमा....