भागरथी हत्यामा संलग्नताको आरोपमा एक युवा प्रहरी नियन्त्रणमा, प्रमाण भेेटिएको प्रहरी दावी

भागरथी हत्यामा संलग्नताको आरोपमा एक युवा प्रहरी नियन्त्रणमा, प्रमाण भेेटिएको प्रहरी दावी

काठमाडौँ :किशोरी भागरथी भट्ट बलात्कार र हत्या आरोपमा उनी पढ्ने विद्यालयका एक युवा पक्राउ परेका छन्। उनी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का हुन्।

भट्ट सनातन धर्म माध्यमिक विद्यालयमा पढ्थिन्। ती युवा पनि सोही विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने प्रहरी स्रोतले बतायो।

घटनाको कारण व्यक्तिगत रिसइवी दाबी गरिएको छ। ती युवा घटनामा संलग्न हुन् भन्ने यथेष्ट प्रमाण फेला परेको दाबी गरे पनि स्रोतले प्रमाण भने बताएन।

'केही विषय खुलाउँदै छौ। भोलि (बिहीबार)पत्रकार सम्मेलनको तयारी छ' अनुसन्धानस्रोतले बतायो।

विद्यालयबाट घर फर्कनेक्रममा हराएकी भट्टको शव भोलिपल्ट फेला परेको थियो। पोस्टमार्टममा बलात्कार समेत भएको खुलेको थियो। परिवारले आरोपी पक्राउ नपरी शव जलाउन मानेको छैन।
 

४ फागुन, २०७७, ००:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।