भोट क्रस रोक्न रोयल ब्याङक्वेटमा आठ दलका सांसदको अभिमुखिकरण

भोट क्रस रोक्न रोयल ब्याङक्वेटमा आठ दलका सांसदको अभिमुखिकरण

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदहरूलाई तीनकुनेको रोयल बैङ्केटमा दलका नेताहरूले आज प्रशिक्षण दिंदै छन्।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितले आठ दलको गठबन्धनको औचित्यबारे १ बजेबाट रोयल बैङ्केट तीनकुनेमा ८ दलका सांसदहरुको अभिमुखीकरण गर्न लागेका हुन्।

एमालेको तर्फबाट समेत राष्ट्रपतिमा उम्मेदवारी परेपछि भोट क्रस हुन नदिन आठ दलले यो कार्यक्रम राखेका हुन्। राष्ट्रपतिमा आठ दलको तर्फबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ।

आठ दल एकातिर र एमाले अर्कोतिर भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अझै खुलेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी पनि अनिर्णित छन्।

१८ फागुन, २०७९, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।