विश्वकप लिग-२ सिरिज: यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल, सन्दीप प्लेइङ-११ मा

विश्वकप लिग-२ सिरिज: यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल, सन्दीप प्लेइङ-११ मा

काठमाडौं : आईसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ।

आजको खेलमा सन्दीप लामिछाने पनि प्लेइङ-११ मा परेका छन्। नयाँ प्रशिक्षक मोन्टी देशाई आएपछि सानदार फर्ममा रहेको नेपाल लिग-२ मा लगातार छैटौं जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

गत हप्ता नेपालमा भएको नामिबिया र स्कटल्यान्डसँगको सिरिजमा नेपालले सबै, चार खेल जितेको थियो। यसपछि यूएई गएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो।

लिग-२ मा समान २९ खेलबाट यूएई २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २८ अंकका साथ छैटौं स्थानमा छ।

यस लिगमा शीर्ष तीनमा पर्न सके नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। जसका लागि नेपालले अब बाँकी सात खेलमध्ये ६ खेल जित्न आवश्यक छ।

१८ फागुन, २०७९, ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।