यूएईविरुद्ध पहिलो बलमै गयो नेपालको विकेट, यू-१९ विश्वकपमा पुग्न खेल जित्नैपर्ने दबाब

यूएईविरुद्ध पहिलो बलमै गयो नेपालको विकेट, यू-१९ विश्वकपमा पुग्न खेल जित्नैपर्ने दबाब

काठमाडौं : नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा घरेलु टोली यूएईसँग टस हारेर पहिले ब्याटिङ थालेको छ।

तर खेलको पहिलो बलमै नेपालका ओपनर दीपक बोहोरा बोल्ड आउट भए। उनलाई यूएईका हारित सेट्टीले आउट गरेका हुन्।

नेपाल यो खेल जितेमा नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ। प्रतियोगिताका विजेता एक टिमले मात्र विश्वकप खेल्ने पाउने नियम छ।

खेल जित्न सके नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्ने पाउनेछ। नेपालले यसअघि २०१६ मा यू-१९ विश्वकप खेलेको थियो।

जारी छनोट प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका यी दुवै टिमले सबै, चार खेल जितेका छन्। अंक तालिकमा समान ८ अंक भएपनि नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा छ।

१८ फागुन, २०७९, १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।