आज यूएईलाई हराउन सके नेपाल यू-१९ विश्वकपमा, नेपाली समर्थकलाई खुसी बनाउने प्रशिक्षकको दाबी

आज यूएईलाई हराउन सके नेपाल यू-१९ विश्वकपमा, नेपाली समर्थकलाई खुसी बनाउने प्रशिक्षकको दाबी

काठमाडौं : नेपाल यू-१९ विश्वकपमा छनोट हुनका लागि एक जित मात्र पछाडि रहेको छ। आज नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा घरेलु टोली यूएईसँग खेल्दैछ। 

यो खेल जितेमा नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

खेल जित्न सके नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्ने पाउनेछ। नेपालले यसअघि २०१६ मा यू-१९ विश्वकप खेलेको थियो।

नेपाली टिमका प्रशिक्षक जगत टमाटले पनि आजको खेल जितेर विश्वकपमा छनोट हुँदै नेपाली समर्थकलाई खुसी बनाउने दाबी गरेका छन्।

जारी छनोट प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका यी दुवै टिमले सबै, चार खेल जितेका छन्। अंक तालिकमा समान ८ अंक भएपनि नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा छ।

प्रतियोगिताका विजेता एक टिमले मात्र विश्वकप खेल्ने पाउने नियम छ।

१८ फागुन, २०७९, ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।