प्रदेश १ को नाम ‘कोशी’ राख्न एमालेको प्रस्ताव, कांग्रेस र माओवादीले पक्षमा मतदान गर्ने

प्रदेश १ को नाम ‘कोशी’ राख्न एमालेको प्रस्ताव, कांग्रेस र माओवादीले पक्षमा मतदान गर्ने

काठमाडौं : प्रदेशको १ को नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको छ।

बुधबार एमाले प्रदेशसभा सदस्य राम रानाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी र समर्थकमा निरन राई रहेका छन्।

यसअघि पहिचानको कुरा गर्दै आएको माओवादी केन्द्रले ‘कोसी’ नामको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। प्रदेश सभा संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेपछि आफूहरूले कोसीको पक्षमा उभिएको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए।

नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए।

१७ फागुन, २०७९, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।