मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह

मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्। 

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्। 

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने।

उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।  

१३ फागुन, २०७९, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।