नेपाल एयरलाइन्सकी एयर होस्टेसमाथि आकाशमै दुर्व्यवहार, चालक दलका सबै सदस्य निलम्बित

नेपाल एयरलाइन्सकी एयर होस्टेसमाथि आकाशमै दुर्व्यवहार, चालक दलका सबै सदस्य निलम्बित
फाइल तस्बिर

काठमाडौं : नेपाल एयरलायन्सको विमानमा एयर होस्टेसमाथि चालक दलका सदस्यले दुर्व्यवहार गरेको खुलासा भएको छ।

गत साउन १२ गते मलेसियाको राजधानी क्वालालाम्पुरबाट काठमाडौं उडानमारहेको नेपाल वायुसेवा निगमको उडान संख्या आरएन–४१६ विमानमा चालक दलका सदस्यले एयर होस्टेसमाथि दुर्व्यवहार गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले शुक्रबार एक विज्ञप्ति निकालेर उक्त दुर्व्यवहारको घटनामा गम्भीर ध्यनाकर्षण भएको जनाउँदै उडानमा रहेका चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई निलम्बित गरेको छ। आफ्नो विज्ञप्तिमा प्राधिकरणले उनीहरूलाई तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ।

घटनाको विषयमा छानविन थालिएको र छानविनपछि मात्र थप निर्णय लिइने प्राधिकरणले जनाएको छ।

१२ फागुन, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।