आईएमई पेबाटै अब मेटलाइफ इन्सोरेन्सको बीमा भुक्तानी गर्न सकिने

आईएमई पेबाटै अब मेटलाइफ इन्सोरेन्सको बीमा भुक्तानी गर्न सकिने

काठमाडौं : मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले अब इन्सोरेन्स पोलिसी नवीकरण वापतको शुल्क आईएमई पेमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। आईएमई पे र मेटलाइफ इन्सोरेन्सबीच यस विषयमा सम्झौता भएको छ।

सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरे।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो।

नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायीहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ।

११ फागुन, २०७९, १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।