चितवनमा गैंडाको चोरी सिकारी बढ्दो, गत सात महिनामा मात्रै १४ गैंडा मरे

चितवनमा गैंडाको चोरी सिकारी बढ्दो, गत सात महिनामा मात्रै १४ गैंडा मरे

चितवन : विगत सात महिनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरी १४ वटा गैंडा मरेका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैंडा मरेका हुन्।

जसमध्ये चोरी सिकारीका क्रममा तीन गैंडा मरेका हुन् भने बाँकी अन्य कालगतिले मरेका हुन्। गत आर्थिक वर्षमा भने निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए।

सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर ७५२ गैंडा रहेका छन्। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।

१० फागुन, २०७९, १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।