सार्वजनिक बिदा भए पनि आज बैङ्क तथा वित्तीय संस्था खुल्ने

सार्वजनिक बिदा भए पनि आज बैङ्क तथा वित्तीय संस्था खुल्ने

काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक बिदा भए पनि बैङ्क तथा वित्तीय संस्था खुल्ने जनाएको छ। आज सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिएको छ।

राष्ट्र बैङ्कले भने एक सूचना जारी गर्दै बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैङ्क तथा वित्तीय संस्था खुलाउन निर्देशन दिएको छ।

आज नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायतका अत्यावश्यक बैङ्किङ सेवा प्रदान हुनेछ। साथै बैङ्क तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैङ्कले निर्देशन दिएको छ।

१ फागुन, २०७९, ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।