विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री शाह

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री शाह

काठमाडौं : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले नवगठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताए।

मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे। लामो राजनीतिक यात्रापछि आफू पदीय जिम्मेवारी र दायित्वमा पुगेको उनले बताए।

विस्वासको मत कहिले लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले छिटोभन्दा छिटो लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए।

२७ माघ, २०७९, १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।