'लो-फिल' गरिरहनु भएको छ ? मुख मिठ्याउनुस्, कम हुन्छ

'लो-फिल' गरिरहनु भएको छ ? मुख मिठ्याउनुस्, कम हुन्छ

एजेन्सी: धेरै मानिस डिप्रेसन पीडित छन्। डिप्रेसनकै कारण आत्महत्या जस्ता घटना बढ्दो छ।

डिप्रेसनबाट बच्न औषधिको प्रयोग गर्ने, मनोपरामर्श गर्ने जस्ता उपाय पनि छन्। तर, जो कोही सहजै खुलेर डिप्रेसनलाई निको पार्नेतर्फ लागेको भने देखिँदैन।

डिप्रेसनबाटै जोगिन त चिकित्सकको परामर्श नै आवश्यक छ। तर, 'लो-फिल' अर्थात् मानसिक रूपमा एक्लो र कमजोर महसुस गरिरहेको अवस्थामा भने हाम्रै घरमा, हाम्रै भान्सामा पाइने खानेकुराले जोगाउन सक्छ। सबैभन्दा सजिलो उपाय हो- मुख मिठ्याउने।

सरल भाषामा भन्दा गुलियो खानेकुरा खानाले लो-फिल भइरहेको अवस्थामा ऊर्जा प्राप्त गर्न मद्दत हुन्छ। जस्तो डेजर्ट या केक खानाले शरीरको सुगर लेभल ठीक भई नयाँ ऊर्जा प्राप्त हुन्छ।

तर, मधुमेह तथा अन्य रोगका बिरामीले भने चिकित्सकको सल्लाहमा मात्र के सेवन गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्नुपर्छ।

एक गिलास जुस, एक टुक्रा केक या एक-दुई चम्चा डेजर्ट सेवन गर्नाले ताजा महसुस गराउँछ। गुलाब जामुन, जेरी या रसबरी खानाले पनि लो-फिल गरिरहेको अवस्थामा त्यसलाई कम गर्न सहयोग पुर्याउँछ।

यस्तै ब्रेड र जामले पनि शरीरमा राम्रो प्रतिक्रिया दिन्छ। अण्डामा पाइने डीएचए पनि फाइदाजनक हुन्छ। यसैगरी पालकको साग पनि लो-फिल गरिरहेको अवस्थामा सेवन गर्दा लाभदायी हुन्छ।

आइरनयुक्त भोजन सेवन गर्नाले पनि शरीरमा ऊर्जा प्राप्त हुन्छ। आइरनको अभाव धेरैजसो महिलाहरूमा हुन्छ। त्यसैले उनीहरू धेरैजसो डिप्रेसनको शिकार हुने अध्ययनले देखाएको छ।

२२ माघ, २०७९, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।