सहमति नभए बहुमतबाट नामाकरण गर्छौं : मुख्यमन्त्री कार्की

सहमति नभए बहुमतबाट नामाकरण गर्छौं : मुख्यमन्त्री कार्की

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन्।

झापाको विर्तामोडमा शनिबार भएको पत्रकार सम्मेलनमा उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने योजना रहेको बताए।

‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौं’ उनले भने, ‘सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ।’

हाल प्रदेश नम्बर १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ। यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको उनले दाबी गरे।

उनले अगाडि भने, ‘हाम्रा कारणले नामकरण रोकिएको होइन।’

२१ माघ, २०७९, १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।