साहित्यकारद्वय सुवेदी र शर्मा सम्मानित हुने

साहित्यकारद्वय सुवेदी र शर्मा सम्मानित हुने

काठमाडौं : कपन साहित्य समाजले दुई साहित्यकारलाई सम्मान गर्ने भएको छ।

समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार स्व. पूर्णप्रकाश नेपाल ‘यात्री’ को स्मृतिमा प्रदान गरिँदै आएको सम्मानबाट दुई साहित्यकारलाई सम्मान गर्न लागिएको हो।

समाजले ‘कसास यात्री स्मृति सम्मान, २०७७’ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई तथा ‘कसास यात्री स्मृति सम्मान, २०७५’ साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।

उनीहरूलाई एक विशेष साहित्यिक समारोहका बीच सम्मान प्रदान गरिने समाजले विज्ञप्तिमार्फत जनाएको छ। सोही समारोहमा समाजद्वारा प्रकाशित कपन दर्पण २०७९ (कविता विशेषाङ्क)को लोकार्पणसमेत हुनेछ।

२०६१ सालमा स्थापित समाजले यसअघि २०७५ मा प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ र २०७६ मा वरिष्ठ संस्कृतिविद्‌ तेजेश्वरबाबु गबङ्गलाई सम्मान गरेको थियो।

१४ माघ, २०७९, २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।