सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना
तस्बिर- बलिराम यादवकाे फेसबुकबाट

काठमाडौं : सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव कारबाहीमा परेका छन्।

सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा राष्ट्रिय सूचना आयोगले उनलाई १५ हजार रूपैयाँ जरिवानासहित दण्डित गरेको हो।

सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएपछि उनलाई दण्डित गरिएको सूचना आयोगले जनाएको छ।

आयोगको २०७९ माघ १२ गते बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना नदिएवापत अधिकृत यादवलाई १५ हजार रूपैयाँ जरिवानासहित कारबाही गरेको हो।

सूचनाको हकसम्बन्धी ऐनबमोजिम माग गरिएबमोजिको सूचना उपलब्ध नगराउने सार्वजनिक निकायका प्रमुख कारबाहीको भागीदार हुने स्पष्ट गर्दै पटक–पटक चेतावनीसहितको आदेश हुँदा पनि सूचना नदिई कानून उल्लङ्घन गरेकाले कारबाही गरेको विज्ञप्तिमार्फत आयोगले स्पष्ट गरेको छ।

१२ माघ, २०७९, २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।