आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुँदैनः शिक्षा मन्त्रालय

आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुँदैनः शिक्षा मन्त्रालय

काठमाडाैंः राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ।

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई याे निर्देशन दिएकाे हाे।

शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले यस विषयमा शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए।

बैठकमा मन्त्रालयका पदाधिकारीले पाठ्यपुस्तक छपाइसम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन्।

९ माघ, २०७९, १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।