इच्छाकामना गाउँपालिकाले हटाउन थाल्यो राजमार्गका होर्डिङ बोर्डका प्रचार सामग्री

इच्छाकामना गाउँपालिकाले हटाउन थाल्यो राजमार्गका होर्डिङ बोर्डका प्रचार सामग्री

काठमाडौं: चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङ बोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ। गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो।

एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। उनले राजमार्ग क्षेत्रलाई कुरूप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए।

“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङ बोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उनले भने।

धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ। यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङ बोर्ड रहेको गाउँपालिकाले जनाएको छ।

११ असोज, २०७९, १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।