'अन्तिम पारी'मा काठमाडौंबाट चुनाव लड्न हच्किए माधव नेपाल, 'सेफ जोन'को खोजीमा रौतहट जाँदै

'अन्तिम पारी'मा काठमाडौंबाट चुनाव लड्न हच्किए माधव नेपाल, 'सेफ जोन'को खोजीमा रौतहट जाँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चुनावी सम्बन्ध मधेशको रौतहट र संघीय राजधानी काठमाडौंसँग छ। उनको निर्वाचन क्षेत्र रौतहट- १ र काठमाडौं- २ हो।

०६४ को पहिलो संविधान सभा र ०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनी रौतहट- १ र काठमाडौं- २ दुवै स्थानबाट निर्वाचनमा उत्रिए। ०६४ मा दुवै क्षेत्रमा हारे। ०७० को निर्वाचनमा दुवै क्षेत्रबाट नेपालले जिते।

०६४ मा काठमाडौं- २ मा माओवादीका झक्कुप्रसाद सुवेदी र रौतहट–१ मा पनि माओवादीकै देवेन्द्र पटेलसँग उनी चुनाव हारेका थिए। नेपाल ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा लगातार उम्मेदवार बन्न टिकट पाउने नेता हुन्।

०७४ को निर्वाचनमा उनी काठमाडौं- २ बाट २७ हजार ३६६ मत ल्याइ विजयी भएका थिए। त्यसबेला कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए।

गठबन्धनमा रहेका दलहरूको मत २८ हजार ५५८ देखिन्छ, जुन एमालेको भन्दा सात हजार ९०३ ले बढी हो। काठमाडौं- २ मा राप्रपाको मत निर्णायक देखिन्छ।

माओवादी र एमालेले तालमेल गरेर मैदानमा उत्रदा मतान्तर १२ हजार ४६३ रहेको थियो। शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका तथा काठमाडौं महानगरको ९ र ३२ वडा पर्ने काठमाडौं- २ भूगोलका हिसाबले् ठूलो निर्वाचन क्षेत्र मानिन्छ।

यता गत स्थानीय निर्वाचनमा शंखरापुरको नगर प्रमुख राप्रपाले जित्यो। एकीकृत समाजवादी कांग्रेसको सहयोगमा दोस्रो भयो। कागेश्वरी मनोहरामा कांग्रेसले नगर प्रमुख र एमालेले उपप्रमुख जिते।

वडामा पाएको मतभारका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो। यो क्षेत्रमा एमालेले २० हजार ६५५ मत पाएको छ।

कांग्रेसले १७ हजार ३६९, माओवादीले तीन हजार १७४, एकीकृत समाजवादीले सात हजार ९७८, जसपाले ३७ मत पाए। यस्तै राप्रपाले सात हजार ३६० मत ल्याउँदा अन्य दलले ४७६ मत ल्याए।

गठबन्धनमा रहेका दलहरूको मत २८ हजार ५५८ देखिन्छ, जुन एमालेको भन्दा सात हजार ९०३ ले बढी हो। काठमाडौं- २ मा राप्रपाको मत निर्णायक देखिन्छ। आवश्यकताको आधारमा तालमेल गर्ने मोडालिटीमा जाने तयारीमा रहेको एमालेलाई राप्रपाले साथ दिए गठबन्धनसँग लगभग बराबर मत हुने देखिन्छ।

काठमाडौंमा भन्दा रौतहटमा सुरक्षित छन् नेपाल
रौतहट- १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ। 

०७४ को निर्वाचनमा एक निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न पाउने भएकाले नेपालले रौतहट- १ छाडेका थिए। अघिल्लो निर्वाचनमा तत्कालीन राजपाका नेता अनिल झा निर्वाचित भएका थिए।

०६४ को निर्वाचनमा हारेपछि नैतिकताको आधारमा एमालेका तत्कालीन महासचिव पदबाट राजीनामा दिएका थिए नेपालले। अहिले आफैँले खोलेको नयाँ दल एकीकृत समाजवादीबाट उनी पहिलो पटक संसदीय निर्वाचनमा उत्रदैछन्।

जसपा विभाजन भएपछि झा अहिले लोसपामा छन्। उनले २१ हजार ४७२ मत ल्याउदा कांग्रेसका कृष्ण यादवले १५ हजार ८७४ मत ल्याएका थिए। एमाले र माओवादीको गठबन्धन हुँदा साझा उम्मेदवार माओवादीका सत्यनारायण भगतले १२ हजार ३३१ मत ल्याएका थिए।

रौतहट- १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले १९ हजार ६९८ मत पाएको छ। कांग्रेसले १६ हजार ९४४ पाउँदा लोसपाले १२ हजार ०६२ मत पाएको छ।

माओवादी आठ हजार १९१, एमाले सात हजार ३८५, जसपा आठ हजार २४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार १४३ मत पाए।

यसरी हेर्दा एक्ला एक्लै प्रतिस्पर्धामा एकीकृत समाजवादीलाई हराउन अन्य दलले नसक्ने देखिन्छ। गठबन्धनले पाएको मत हेर्दा ५३ हजार ७४ देखिन्छ। एमाले, लोसपा र स्वतन्त्रसहित अन्य दलको मत जोड्दा २२ हजार ५९० देखिन्छ। गठबन्धन गर्दा नेपाल अन्य उम्मेदवारमाथि भारी पर्नेछन्।

अध्यक्ष नेपालको अन्तिम संसदीय निर्वाचन पनि हुनसक्ने भएकाले काठमाडौंभन्दा रौतहट नै 'सेफ जोन' देखेका छन् उनले। समाजवादीका एक नेताले जित सुनिश्चित गर्न नेपाल रौतहट जाने उकेरालाई जानकारी दिए।

०६४ को निर्वाचनमा हारेपछि नैतिकताको आधारमा एमालेका तत्कालीन महासचिव पदबाट राजीनामा दिएका थिए नेपालले। अहिले आफैँले खोलेको नयाँ दल एकीकृत समाजवादीबाट उनी पहिलो पटक संसदीय निर्वाचनमा उत्रदैछन्।

गठबन्धनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ दुई देखि तीन सिट पाउनुपर्ने एकीकृत समाजवादीको दावी छ। काठमाडौं- २, ५ र ८ मध्ये दुई क्षेत्र आफ्नो पोल्टामा पार्न गठबन्धनमा लबिङ गर्दैछ।

काठमाडौं- ५ मा एमालेका प्रभावशाली नेता तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउने रणनीतिले नछाड्ने र ८ मा आफ्ना नेता जीवनराम श्रेष्ठ निर्वाचित भएकाले उसको दावी रहन्छ।

अध्यक्ष नेपालले चुनाव जितेको क्षेत्र काठमाडौं- २ भने पाएमा आफैँसँग राख्ने नपाएमा स्थानीय तहको मतका आधारमा गठबन्धनलाई सघाउने रणनीति भएको समाजवादीका ती नेताले बताए।

सोमबार माओवादीसँग एकै घोषणापत्र बनाउने सहमति नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरे। मंसिर ४ को संघ र प्रदेशको निर्वाचनपछि पार्टी एकता गर्ने तयारीमा दुई पार्टी छन्।

७ भदौ, २०७९, ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।