पाण्डेले 'यो मानिससँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर हेर्छु' भने 

पाण्डेले 'यो मानिससँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर हेर्छु' भने 
साँकेतिक तस्बिर

काठमाडौँ : सौन्दर्य प्रतियोगितामा सहभागी गराएर झुक्क्याएर मनोज पाण्डेले बलात्कार गरेको दाबी गरिएको घटनाको पीडित युवतीले प्रहरीलाई दिएको बयान र उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको बयान लगभग उस्तै छ।

सरकारी वकिल कार्यालय काठमाडौँले बुधवार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोग पत्रमा समावेश गरिएको युवतीको बयानको संक्षिप्त विवरणमा उल्लेख भएका विवरणहरू उनले टिकटकबाट सार्वजनिक गरेको २२ वटा भिडियोमा बताए अनुसारकै रहेको छ।

अभियोग पत्रमा मानव बेचबिखनमा १५ वर्ष र नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा तीन वर्ष कैद सजायको माग दाबी गरिएको छ।

अभियोग पत्रमा समावेश संक्षिप्त बयानको सम्पादित अंश

मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटो सुटहरू पनि गर्छु भनेर मलाई एभरेस्ट होटेलमा भेट्न बोलाए। उनले आफू मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सञ्चालक भएको बताउँदै छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना गर्दै छु भनेर अर्को दिन फोटो सुटको लागी बोलाए।

उनले फोटो सुटको लागि आफन्त अनि साथीभाइ कसैलाई साथमा नल्याउन भनेका थिए। उनैले मिस ग्लोबल ईन्टरनेशनलको सुन्दरी प्रतियोगिताको अडिसनको फर्म भर्न लगाएका थिए। २०१४ सेप्टेम्बर २ मा आर्मी क्लबमा सुन्दरी प्रतियोगिताको आयोजना भयो। म प्रतियोगितामा म फस्ट रनर अप भएको थिएँ। प्रतियोगिताको कार्यक्रमबाट घर फर्किने भनी आमा बुबासँग ट्याक्सीमा बस्दा पाण्डेले मलाई मोबाइलमा 'मैले तिमिलाई जिताएको हुँ' भनेर म्यासेज पठाएका थिए।

उनले मलाई 'सक्सेस पार्टी छ तिमी रेडी भएर आउँ' भनेर एभरेस्ट होटेलमा बोलाए। म पाण्डेले भनेअनुसार एभरेस्ट होटेलमा गएँ। होटेलमा पाण्डेबाहेक अन्य थिएनन्। अरू खै भनेर सोध्दा 'तिमी अलि छिटो आयौ पार्टी ७ बजेबाट सुरु हुन्छ, बस्दै गर' भने।

केही समयपछि एक जना वेटर आएर मलाई कागती पानीजस्तो देखिने तरल पदार्थ दिएर 'यो वेलकम ड्रिंक्स हो' भनेका थिए। त्यो कागती पानी खाएको केही समयपछि मलाई असहज महसुस भयो। मैले 'घर जान पाउँ' भनी अनुरोध गर्दा पाण्डेले मलाई गाली गर्दै 'विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन, मिडियाले तिमीलाई खोज्छन्। मैले के जवाफ दिने' भनेका थिए।

मैले एउटा रुम बुक गरेको छु, तिमी त्यहाँ गएर आराम गर्दै गर। सबै जना आएपछि म बोलाउन पठाउँछु' भने। त्यसपछि के कसो भयो मैले थाहा पाइनँ। मलाई अलिअलि होस् हुँदा पाण्डेले मलाई बलात्कार गरिरहेका थिए। भोलिपल्ट पाण्डे मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेको देखेपछि म अचानक चिच्याएर रुन थालेँ।

त्यसपछि 'तिमी पैसा लिएर घर जाऊ, यदि यो कुरा तिमिले कसैलाई भन्यौँ भने मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु,त्यो फोटो र भिडियो सार्वजनिक गरिदिन्छु' भनेर डर देखाए। धम्कीपछि डरले कसैसँग केही भन्न सकिनँ। उनले पटक-पटक विभिन्न स्थानमा बलात्कार गरिरहे। एक दिन पाण्डेले मलाई अनामनगरकै होटेलको एउटा कोठामा लगेका थिए। म कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति थिए।

पाण्डेले उनलाई देखाउँदै 'यो मानिससँग शारीरिक सम्पर्क राख। म यहाँ बसेर हेर्छु' भने।  पाण्डेले ती अपरिचित व्यक्तिलाई 'तँ यो केटीसँग शारीरिक सम्पर्क राख। म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छौँ हेर्छु' भनेका थिए। मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको पाण्डेले हेरेर बसे। उनी को थिए म चिन्दिन।

१ असार, २०७९, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।