सुधन गुरुङबारे पत्रकार श्रेष्ठलाई चिनिया नम्बरबाट आएको कलमा चिनिया दूतावासको चासो, छानबिन गर्न नेपाल पक्षलाई आग्रह
काठमाडौं : नेपालस्थित चिनिया दूतावासको प्रवक्ताले नेपाली नेताको नियतवश बदनाम गर्न चिनिया नागरिक संलग्न रहेको दाबीबारे गहिरो अनुसन्धान गर्न नेपाललाई आग्रह गरेको छ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई फोन गरेर पूर्व गृहमन्त्री सुधन गुरुङलाई बदनाम गराउन समाचार प्रकाशन गर्न प्रलोभन दिएको घटना सार्वजनिक भएको थियो।
त्यसबारे चीनको आधिकारिक सामाजिक सञ्जालमा नेपाली दूतावासका प्रवक्ताको आधिकारिक धारणा सार्वजनिक गर्दै यसबारे पाउँदा चिनियाँ पक्ष स्तब्ध भएको र भन्दै चीनलाई नियतवश बदनाम गर्ने कार्यको कडा निन्दा गर्ने उल्लेख छ।
चीनले सधैँ अरू देशको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तको पालना गर्दै आएको र चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासलाई लगातार र दृढतापूर्वक समर्थन गर्दै आएको लेखेको छ।
"हामी सम्बन्धित नेपाली अधिकारीहरूलाई तपाईँले गम्भीर, गहिरो र विस्तृत अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष संलग्न व्यक्तिहरूका साथै यसको पछाडि रहेकाहरूलाई नेपाली कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गर्दछौँ" स्टेटमेन्टमा भनिएको छ "हामी हाम्रा दुई देशको साझा हितको रक्षाका लागि नेपाली पक्षसँग कानुन कार्यान्वयन र सुरक्षा सहयोगलाई सुदृढ गर्न तयार छौँ।"
जेठ १०, २०८३ आइतबार २२:४३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।