एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, नन्दन यादव, करण केसी, आरिफ शेख र शाहब आलम समावेश छन्।
एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा टी२० फरम्याटमा हुँदै छ।
नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालले समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै चीन, मलेसिया र कतार छन्।
समूह बीमा सिंगापुर, ओमान, हङकङ र बहराइन छन्।
जेठ १०, २०८३ आइतबार १५:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।