सामसङ नेपालले ल्यायो सेभिङ डेज अफर, होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट
काठमाडौं : सामसङ नेपालले होम अप्लायन्सको खरिदमा विशेष छुट र किस्ताबन्दी सुविधासहितको सामसङ सेभिङ डेज योजना सार्वजनिक गरेको छ। गर्मी महिनालाई लक्षित गरी ल्याइएको यो योजना मे २१ देखि आगामी जुलाई १९ सम्म लागू हुने छ।
अफरअन्तर्गत निश्चित मोडेलका वासिङ मेसिनको खरिदमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक (छुट) प्राप्त गर्न सक्नेछन्। घरायसी उपकरण अपग्रेड गर्न चाहनेलाई आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ।
सुविधालाई थप सहज बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्समार्फत २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत वासिङ मेसिनको मासिक किस्ता १ हजार ३ सय ७० रुपैयाँ र रेफ्रिजरेटरको १ हजार ४ सय ८ रुपैयाँबाट सुरु हुनेछ।
योजनामा एआई इकोबबल वासिङ मेसिन, विभिन्न क्षमताका टप लोड मेसिन तथा साइड-बाई-साइड र डबल डोर रेफ्रिजरेटरहरू समावेश छन्। यसैगरी, पुराना उपकरण साटेर नयाँ लिन चाहनेका लागि अर्को स्टोर वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट सिधै एक्सचेन्ज गर्न सकिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।
जेठ १०, २०८३ आइतबार ०७:५९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।